काठमाडौं । बुद्ध एयरले एटीआर ७२ नयाँ जहाज थपेको छ। योसँगै बुद्ध सँग १५ जहाज भएका छन्। बुद्धसँग १० वटा एटीआर ७२, ३ एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाज भएका छन्।
यात्रु संख्याका आधारमा बुद्ध सबैभन्दा ठुलो कम्पनी हो। आन्तरिक उडानको कुल यात्रु ५४ प्रतिशत बुद्धले मात्रै बोक्छ। बुद्ध एयरले अहिले धनगढी,नेपालगन्ज, सुर्खेत, भैरहवा, पोखरा, चितवन, राजविराज, विराटनगर, जनकपुर, सिमरा, भद्रपुर, विराटनगर, तुम्लिङटारमा उडान गर्दै आएको छ।