मौसम बदलिले सगरमाथा आरोहण पुनः प्रभावित

मौसम बदलिले सगरमाथा आरोहण पुनः प्रभावित

काठमाडौं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भई धेरै शक्तिशाली चक्रवातमा परिणत भएपछि हिमाल आरोहण प्रभावित भएको छ । बंगालको खाडीबाट भारतमा पर्ने त्यसको असरको केही भाग नेपालसम्म पनि आउने भएको हो ।

जसकाे कारण वर्षाको सम्भावना छ भने हिमालमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । चक्रवातका कारण धेरै ठाउँमा मौसम बदली हुनुका साथै हिमालमा हिमपात हुने भएपछि सगरमाथा आरोहणको काम प्रभावित भएको छ ।

हिजो मात्रै सगरमाथा शिखरमा सयौँ आरोही पुगेका थिए । तर मौसम बिग्रने पूर्व सूचना पाएसँगै उनीहरु बेसक्याम्पमा फर्केका छन् । यस सिजनको दोस्रो आरोहण हिजो मात्रै भएको थियो ।

न्युन चापीय क्षेत्र र त्यसबाट उत्पन्न चक्रवातका कारण आज देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति:     १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar