मौसम सुध्रिएसँगै सगरमाथा आरोही चुचुरो तर्फ लाग्न थाले

मौसम सुध्रिएसँगै सगरमाथा आरोही चुचुरो तर्फ लाग्न थाले

काठमाडौं । छिमेकी मुलुक भारतमा आएको आँधीको कारण प्रभावित मौसम सुध्रिएसँगै सगरमाथा आरोहण गर्ने आरोही चुचुरोतर्फ अघि बढेका छन् । पर्यटन विभागका अनुसार आइतबार केही आरोही चुचुरोमा पुग्न लागेका छन् ।

विभागकी निर्देशक मिरा आचार्यका अनुसार मौसम प्रतिकूलका कारण चुचुरोमा पुग्न नसकेका आरोही मौसम सफा बनेपछि चुचुरोतर्फ गएको र आजै सफल आरोहण गर्नेछन् । गएको वैशाख अन्तिम हप्तादेखि सगरमाथामा यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो ।

आज मात्रै चार सय जना आरोही सगरमाथा शिखरमा पुग्ने अनुमान गरिएको छ। यसपटक सगरमाथा आरोहणका लागि चार सय ८ जनाले अनुमति लिएका छन् ।

प्रकाशित मिति:     ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar