जेठ १८ देखि सिमित संख्यामा अन्तर्राष्ट्रिय उडान सुचारु गर्न पर्यटन मन्त्रालयको प्रस्ताव

जेठ १८ देखि सिमित संख्यामा अन्तर्राष्ट्रिय उडान सुचारु गर्न पर्यटन मन्त्रालयको प्रस्ताव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ १८ गतेबाट सिमित संख्यामा उडान भर्ने गरी अन्तर्राष्ट्रिय उडान खोल्ने प्रस्ताव गरेको छ। मन्त्रालयले उक्त
प्रस्ताव मन्त्रिपरिषद्‍मा पठाइसकेको छ। अब बस्ने मन्त्रीपरिषद्ले उक्त प्रस्ताव माथि छलफल सहित निर्णय गर्ने मन्त्रालयले जनाएको छ।

कोरोनाको दोस्रो लहरसँगै सरकारले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रोकेको छ । मन्त्रालयले स्वास्थ्य मापदण्ड सहित साउदी अरेबिया, मलेसिया, दुबई, जापान, चीन, टर्की, कतार लगायत विभिन्न श्रम गन्तव्यतर्फका नियमित उडान सुरु गर्ने तयारी गरेको छ । श्रम स्वीकृति लिएर बसेका नेपाली उडान बन्द भएपछि विदेश जान पाएका छैनन्।

चार्टर्ड उडानमा अत्याधिक हवाई भाडा असुल गरिएको साथै टिकट बिक्रीका लागि टिकट जारी गर्ने अनुमति प्रदान नगरिएको भन्दै कुनै पनि हवाई सेवा सञ्चालकहरुलाई अन्तर्राष्ट्रिय गन्तव्यहरुको चार्टर्ड उडानको अनुमति प्रदान नगर्न नाट्टाले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति:     ७ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar