काठमाडौं । पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्यान्डकी २३ वर्षीया सोविन्का अग्निएस्ज्काको सोमवार मृत्यु भएको छ ।
रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्यान्डका राहदानी नं ‘एफई ३०५१८११’की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो ।
नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई मंगलवार बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाइएको छ ।
रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौं ल्याएको हो ।