श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्ष किन पुगे लुम्बिनी ? उपाध्यक्ष लामा भन्छन्-सिधा उडानको अपेक्षा

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्ष किन पुगे लुम्बिनी ? उपाध्यक्ष लामा भन्छन्-सिधा उडानको अपेक्षा

काठमाडौं । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भब्य स्वागत गरिएको छ ।


लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामासहित कोषले भब्य स्वागत गरेको हो । उपाध्यक्ष लामाले खादा लगाएर श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षलाई स्वागत गरे ।


श्रीलंका बुद्धमार्थीहरुको ठुलो जनसंख्या रहेको छ । लुम्बिनीमा राजपाक्षलाई स्वागत गर्दै उपाध्यक्ष डा लामाले श्रीलंकासँग नेपालको सम्बन्ध निकै पुरानो रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीले त्यो सम्बन्ध अझ प्रगाढ बनाएको बताए ।

उपाध्यक्ष लामाले गौतमबुद्ध विमानस्थलमा श्रीलङ्काबाट नियमित उडानका लागि पहल गर्न पूर्वराष्ट्रपति राजपाक्षेलाई आग्रह गरे । लुम्बिनीलाई लक्षित गरी श्रीलंकाबाट आउने पर्यटक सिधा उडान मार्फत लुम्बिनी आउने प्रवन्ध गर्न सकिने उपाध्यक्ष लामाको भनाइ थियो । राजापाक्षेसँग सहभागि नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथिरानाले सिधा उडानको विषय आफुहरुको नोटिसमा रहेको बताए ।


पूर्वराष्ट्रपति राजापाक्षले मायादेवी मन्दिरसहित लुम्बिनी क्षेत्रको अवलोकन भ्रमण गरे । श्रीलंकनहरु लुम्बिनी निकै श्रद्धाका साथ आउने भएकाले पूर्व राष्ट्रपतिले महत्वका साथ मायादेवी भ्रमण गरेको कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिए । परिवारसहित आएका राजापाक्षले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन समेत गरेको राईले बताए ।

प्रकाशित मिति:     १२ आश्विन २०८१, शनिबार  |    Himali Khabar