पोखरामा अंग्रेजी नयाँ वर्षमा इन्टरनेसनल बलुन फेस्टिभल

पोखरामा अंग्रेजी नयाँ वर्षमा इन्टरनेसनल बलुन फेस्टिभल

काठमाडौं ।नेपालको पर्यटन राजधानी पोखरा क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी क्रिष्टमस र अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा पहिलो पटक इन्टरनेसनल बलुन फेस्टिभल आयोजना हुँदै छ।

बलुन नेपाल प्रालिको आयोजनामा डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म पोखराको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रफलमा फेस्टिभल आयोजना हुने लागेको हो।

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हाम्रो अपेक्षा छ। यसमार्फत पोखरालाई साहासिक पर्यटनको नयाँ गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।

फेस्टिभलमा नेपालसहित करिब ३० देशका व्यावसायिक कम्पनी सहभागी हुनेछन्।

प्रकाशित मिति:     ३ आश्विन २०८१, बिहीबार  |    Himali Khabar