काठमाडौं । टानकाे अध्यक्षको प्रतिस्पर्धामा उपबिजेता बन्नु भएका राजेन्द्रप्रसाद सापकोटाले निर्वाचित अध्यक्ष सहित सम्पुर्ण टिमलाई बधाई दिदै आजिवन पर्यटन उद्योग र व्यवसायीको हितमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।
`मलाई राम्रोसँग थाहा छ निर्वाचन प्रक्रियामा जित एक जनाको अवश्य हुनुपर्छ, दुबैले जित्न सक्दैन्न यो एक लोकतान्त्रिक प्रक्रिया हो ।´ उहाँले भन्नुभयो ।
लोकतान्त्रिक प्रक्रियामा हारलाइ स्विकार गर्नुपर्ने भन्दै कसैप्रती पनि आफ्नो गुनासो नरहेको प्रष्ट पार्नुभयो ।
उहाँले आफू र आफ्नो टिमलाई मतदान गर्नेलाई धन्यवाद दिदै विजयी टिमलाइ बधाई दिनुभयो । त्यो मतको सम्मान गर्दै व्यवसायीक हितमा जीवन समर्पित गर्ने प्रतिबद्धता जनाउनु भयो । मतदान नगर्नेको पनि मन जित्ने गरि काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सागर पाण्डे आजबाट मेरो पनि अध्यक्ष हुनुभएको छ´, उहाँले भन्नुभयो
अब चुनावका बेला हामीले उठाएको एजेन्डालाई समेत कार्यान्वन गर्दै यो उद्योगमा हामी सबैको भविष्य निर्माण गर्ने अभियानमा लाग्न शुभकामना दिन चाहन्छु ।´