काठमाडौं । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले पर्यटकका लागि नेपाल महँगो गन्तव्य भएको बताउनुभएको छ।
टानको बार्षिक साधारणको अबसरमा आयोजित कार्यक्रममा उहाँले नेपाल महँगो गन्तव्य भएको र त्यसको प्रमुख कारण भ्याट भएको दाबी गर्नुभएको छ। एउटा पर्यटकले नेपाल आउँदा भन्दा भारत जाँदा एक लाख सस्तो पर्न जाने भन्दै भ्याट खारेजीका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।
भ्रमणमा जाने पर्यटकले सामान्यतया गन्तव्यमा गर्ने खर्च ७० र यातायातका लागि ३० प्रतिशत खर्च गर्ने गरेपनि नेपालमा हवाई यातायातमै ७० प्रतिशत खर्च हुने गरेकाले पर्यटनबाट व्यवसायी र सरकारले आशा गरे अनुसारको लाभ लिन नसकेको बताउनुभयो ।
एक अर्को प्रसंगामा उहाँले वायुसेवा निगम सबल नभएसम्म पर्यटन विकास असम्भव रहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन पाण्डेलाई आफ्नो कार्यकालमा नउाँ जहाज खरिद गरि निगमलाई सबल र सक्षम बनाउन पनि आग्रह गर्नुभयो । मुद्धा लाग्ने डरले जहाज नकिन्ने हो भने सधै १०, १२ लाखको संख्यामै रमाउनुपर्ने बाध्यता रहने बताउनुभयो ।
मन्त्री पाण्डेले पर्यटन नीतिमा समिक्षा गर्ने पहिलो निर्णय गरेकोमा धन्यवाद समेत दिनुभयो ।
भारतमा नरेन्द्र मोदीले पहिलो पटक प्रधानमन्त्री बन्दा १२ सय कानून खारेज र १८ सय नयाँ कानून बनाउनु भएको स्मण गर्दै त्यसैको कारण भारतले कोरोनाको बेलामा समेत ७ प्रतिशतले आर्थिक वृद्धि हाँसिल गरेको बताउनुभयो ।