टानको निर्वाचनले पर्यटन बजार तात्दै, अध्यक्षमा थपलिया र पाण्डेको चर्चा

टानको निर्वाचनले पर्यटन बजार तात्दै, अध्यक्षमा थपलिया र पाण्डेको चर्चा

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी नेतृत्व चयानका लागि पर्यटन बजारमा चर्चा सुरु हुन थालेको छ। टानले साधारण सभा एवम् निर्वाचन मिति घोषणा नगर्दै पर्यटकीय नगरी ठमेलमा व्यवसायीहरुबीच आगामी नेतृत्व कसलाई सुम्पने भन्नेबारे छलफलले तीब्रता पाउन थालेको छ ।

अहिलेसम्म अध्यक्षमा ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष एवम् देशको सबैभन्दा ठुलो व्यवसायीक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा रामशरण थपलिया र टानकै पूर्वमहासचिव सागर पाण्डेको चर्चा सुरु भएको छ ।

थपलिया कांग्रेस र पाण्डे माओवादी केन्द्र समर्थित व्यवसायी हुन ।

दशकौंदेखि पर्यटनमा सक्रिय पाण्डे २०७२ सालमा अध्यक्षको प्रत्यासी समेत बन्नु बन्नु भएको थियो । तर त्यो समयमा आफ्ना प्रतिस्पर्धी चन्द्र रिजालसँग झिनो मतान्तरले पराजित भएका थिए ।
यस्तै थपलिया पर्यटन क्षेत्रमा बहुचर्चित नाम हो । नेपाल उद्योग वाणिज्य महासंघको २०७९ को चैतमा भएको निर्वाचमा एशोसिएट सदस्यतर्फ थपलियाले सबैभन्दा धेरै मत ल्याउनु भएको थियो । पर्यटकीय संघसंस्थाको नेतृतव चयनमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका थपलिया यो पटक टानमा गएर पदयात्रा व्यवसायीको हकहितमा काम गर्न चाहेको बताउनुभएको छ।

प्रकाशित मिति:     ३ श्रावण २०८१, बिहीबार  |    Himali Khabar