काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । परिषद्को आज भएको साधारण सभा एवम् निर्वाचनबाट ५६२ मत प्राप्त गरि उहाँ अध्यक्षमा निर्वाचित भएका हुन ।
अध्यक्षका प्रत्यासी भवी शर्माले ४५० मत ल्याएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
यस्तै उपाध्यक्षहरुमा सहदेव धमला ६१८, राजिव पाण्डे ७०० र श्रीकृष्ण थपलियाले ५०१ मत ल्याएर विजयी भएका छन । महासचिवमा बद्री तिमिल्सिना ६५५ मत सहित बिजयी हुनु भएको छ ।
सचिव पुन्यराम लगेजु ६०८ मत सहित विजयी भएको घोषणा गरिएको छ । कोषाध्यक्षमा प्रकाश थपलिया सर्वसम्मत चयन भइसकेका छन ।