नेपालको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय एक्सपो भोलिदेखि भृकुटीमण्डपमा 

नेपालको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय एक्सपो  भोलिदेखि भृकुटीमण्डपमा 

काठमाडौं ।  नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट ०२४) भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ । समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना  शुक्रबार र शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो । 

एक्स्पोले नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी होटेल, रिसोर्ट, होमस्टे, ट्रेकिङ, माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स, सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याइ नेपालको पर्यटन प्रवर्द्धनको लक्ष्य लिएको समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रवन्ध निर्देशक बिष्णु पाण्डेले जानकारी दिए।

एक्स्पोमा १६ देश, १५० विक्रेता, २५० क्रेता तथा १ हजार भन्दा बढी आगन्तुकका साथै एक्स्पोमा बिहार टुरिजम, रिजम मलेसियाको समेत सहभागिता रहने जानकारी दिए । उनले  विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति:     ३१ जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar