काठमाडौं । कपिल बञ्जाराद्वारा तयार पारिएको पुस्तक visit Nepal (Encyclopedia of Himawat Khanda) नामक पुस्तक विमोचन गरिएको छ । आज गोर्खा जनकल्याण संघ र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरुपमा आयोजित एक कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी एवम् लेखक कर्ण शाक्यले पुस्तक विमोचन गर्नुभएको हो ।
कार्यक्रममा पर्यटन व्यवसायी एवम् पथप्रदर्शकहरुको उपस्थिती रहेको थियो ।
पर्यटन क्षेत्रका विज्ञ, व्यवसायीक व्यक्तिहरु तथा विभिन्न् क्षेत्रमा पथपदर्शन गराउँदै आएकाहरुको खोज अनुसन्धान र सुझावका आधारमा उक्त पुस्तक तयार पारिएको हो । पुस्तकमा नेपाल आउने पर्यटकलाई आधारभुत साझा जानकारी, नेपालको राजनीतिक इतिहास, समाज र संस्कृति, बास्तुकला र दर्शन, युनेस्को सम्पदा क्षेत्र, अन्य ऐतिहासिक स्थल एवम् पर्यटकीय गतिविधिहरुबारे जानकारी लिइएको छ । यसर्थ यो पुस्तक पर्यटकहरुका लागि एक महत्वपूर्ण स्रोत बन्ने बञ्जाराले बताउनुभयो ।
यस्तै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, नेपाली रैथाने खानका परिकारबारे समेत उल्लेख गरिएको छ । उक्त पुस्तक अध्ययनले नेपालको समग्र अवस्थाबारे जानकारी पाइने भएकले नेपालबारे चासो राख्ने हरेक व्यक्ति, नीति(निर्माता र अनुसन्धान तथा खोजकर्ताका लागि यो पुस्तक महत्वपूर्ण दस्तावेज बन्ने विश्वास छ ।