काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। आन्तरिक हवाई उडान सोमबार मध्यरातिदेखि तथा अन्तर्राष्ट्रिय उडान २२ गते (बुधबार) मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को सिफारिसअनुसार हवाई उडान बन्द गर्ने निर्णय गरेको हो।यसअघि शुक्रबार बसेको सीसीएमसी बैठकले भिडभाड बढेको भन्दै आन्तरिक उडान बन्द गर्नुपर्ने प्रस्ताव गरेको थियो। त्यसैगरी, कोरोना संक्रमणको उच्च जोखिम रहेको देशमा अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिससममेत गरेको थियो।