महासंघको एसोसिएटतर्फको सदस्यमा लोकप्रिय मत डा. थपलियालाई

महासंघको एसोसिएटतर्फको सदस्यमा लोकप्रिय मत डा. थपलियालाई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यतर्फको सदस्यमा डा. रामशरण थपलियाले सबैभन्दा लोकप्रिय मत प्राप्त गरेका छन् ।

एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । कुल १६ सय ४९ मत खसेकोमा सर्वाधिक धेरै डा. थपलियाले १४ सय ४० ल्याएका हुन ।
लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय थपलिया ठमेल पर्यटन विकास परिषद्को पूर्वअध्यक्ष हुन ।

दोस्रो लोकप्रिय मत मनोज पौडेलले १३७३ र तेस्रोमा आनन्दकुमार बगेरियाले १३६४ मत प्राप्त गरेका छन् ।

यस्तै अम्बिकाप्रसाद पौडेल १३६३, सुनिलनारायण श्रेष्ठ १३४२, सुशील थापा १३२९, शैलेन्द्र गुरागाईं १३१५, राजेशकुमार अग्रवाल १३१२, हेमन्त गोल्छा १३००, देशबन्धु बस्नेत १२८४, अविनाश बोहोरा १२७५, गोपाल खनाल १२६५, उज्वलकुमार श्रेष्ठ ११९१, प्रबलजंग पाण्डे ११२८, जुना माथेमा ९९१, शक्तिकुमार बेगानी ९८८, सन्दीपकुमार अग्रवाल ९२५, ऋणी अग्रवाल ८८१ र मुकुन्दप्रसाद तिमल्सिनाले ८४२ मत प्राप्त गरे ।

प्रकाशित मिति:     ३० चैत्र २०७९, बिहीबार  |    Himali Khabar