नेपालको पर्यटन प्रवद्र्धनका लागि मे २९ मा न्यूजिल्याण्डमा एक विशेष कार्यक्रम गरिदै

नेपालको पर्यटन प्रवद्र्धनका लागि मे २९ मा न्यूजिल्याण्डमा एक विशेष कार्यक्रम गरिदै

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका लागि न्यूजिल्याण्डमा एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ। न्यूजिल्याण्डको राजधानी वाइलिङटनमा मे २९मा सगरमाथाको सफल आरोहण भएको ठीक ७० वर्ष पुगेको अवसरमा नेप्लीज कल्चर एन्ड टुरिजम प्रमोशन फोरम न्यूजिल्याण्डको आयोजना कार्यक्रम हुन लागेको हो ।

एक दिने कार्यक्रममा दुई देशबीचको पर्यटन प्रवद्र्धन र कला संस्कृतिहरुको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गरिने छ । कार्यक्रममा न्यूजिल्याण्डका मन्त्री, सांसद, उद्योगी, व्यवसायीसहित अन्य विशिष्ट व्यक्तिहरुको सहभागिता रहने छ । नेपालबाट पनि मन्त्री, पर्यटन व्यवसायी र पत्रकारहरुलाई निमन्त्रणा गरिएको छ।

नेपालमा पर्यटनको ठूलो सम्भावना भएपनि उचित प्रचार प्रसारको अभावमा लाभ लिन नसकेको कारण धेरै भन्दा धेरै न्यूजिल्याण्डका पर्यटकहरुलाई नेपाल भ्रमणमा पठाउने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको फोरकमा अध्यक्ष एवम् नेपालका लागि न्यूजिल्याण्डका अवैतानिक पर्यटनदूत डा. रमिल अधिकारीले जानकारी दिनुभयो । नेपाली कलासंस्कृति र पर्यटन प्रवद्र्धनमा कार्यक्रमले ठूलो टेवा मिल्ने विश्वास उहाँको छ । उहाँले लामो समयदेखि नेपालको पर्यटन प्रवद्र्धन र स्वास्थ्य क्षेत्रको विकासका लागि न्यूजिल्याण्डमा रहेर कार्य गर्दै आउनु भएको छ । उहाँ न्युजिल्यान्डकाे स्वास्थ्य मन्त्रालयमा उच्च अहाेदामा पनि कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति:     ५ चैत्र २०७९, आईतवार  |    Himali Khabar