भिटाेफको साधारणसभा तथा निर्वाचन पुनः अनिश्चित समयका लागि स्थगित

भिटाेफको साधारणसभा तथा निर्वाचन पुनः अनिश्चित समयका लागि स्थगित

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटाेफ) नेपालको साधारणसभा तथा निर्वाचन पुनः अनिश्चित समयका लागि स्थगित भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मञ्चको साधारण सभा तथा निर्वाचन यहि बैशाख २५ गते गर्नुभनि आदेश जारी गरेपनि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लागु गर्नुका साथै सभा सम्मेलन नगर्न आदेश जारीगरेकाले अनिश्चित समयका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

मञ्चको साधारणसभा एवम् निर्वाचन गत चैत २० गतेका लागि तय गरिएको थियो । तर महासचिव जस्फा पाण्डेले सो निर्वाचनमा आफुलाई उम्मेदवार हुन नदिइएको भन्दै साधारणसभा एवम् निर्वाचन स्थगित गरि पाँउ भनि दिएको निवेदनका आधारमा कार्यालयले चैत १७ मा निर्वाचन रोक्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति:     १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar