त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार मध्यरातबाट प्रतिबन्ध

त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार मध्यरातबाट प्रतिबन्ध

काठमाडौं । बुधबार मध्यरातबाट तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउन तथा त्रिभुवन विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरेर यात्रा गर्ने विदेशी नागरिकको आगमनमा रोक लगाइने भएको छ।

अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएका कारण वैशाख १५ गते राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि त्यस्तो यात्रा प्रतिबन्धित हुने जानकारी दिएको हो।

प्रकाशित मिति:     १४ बैशाख २०७८, मंगलवार  |    Himali Khabar