कोरोनाको आशंकापछि सगरमाथा आधारशिविरमा क्वारेन्टाइन निर्माण

कोरोनाको आशंकापछि सगरमाथा आधारशिविरमा क्वारेन्टाइन निर्माण

काठमाडौं । सगरमाथा आधार शिविरमा कोरोना भाइरस संक्रमण आशंका भए पछि संकास्पद आरोहणदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ ।

विभागले खटाएका सम्पर्क अधिकृतहरु आधारशिविर नपुगे पछि हिमालयन रेस्क्यु एसोसिएसनले सञ्चालन गरेको स्वास्थ्य शिविरका स्वास्थयकर्मीहरूले संक्रमणको आशंका भएको क्षेत्रमा डोरी बाँधेर सिल गरेका छन् । थप संक्रमण फैलिन नदिन एक सातासम्म उक्त क्षेत्र सिल गरेको र त्यहाँका आरोहणदलका सदस्यलाई हिडडुलमा गर्न नदिएको जानकारी दिइएको छ ।

एक साता अघि आधारशिविरमा सिकिस्त विरामी परेका नर्वेका आरोहीलाई काठमाडौंमा रेस्क्यू गरी उपचार गर्ने क्रममा कोरोना संक्रमण भएको आशंका गरिएकाे थियाे, सोही अनुसार आधार शिविरमा थप कडाइ गरिएकाे छ ।
तर सरकारले खटाएका सम्पर्क अधिकृतहरु २० दिन वितिसक्दा समेत एक जना पनि आधारशिविर पुग्न नसके पछि समन्वय गर्न समस्या हुने गरेको बताइएको छ ।

प्रकाशित मिति:     ११ बैशाख २०७८, शनिबार  |    Himali Khabar