काठमाडौं । विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले यस वर्ष पनि सगरमाथा आरोहण गर्ने भएका छन् । सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथाको आरोहण गरेका शेर्पाले यो महिना पनि दुई पटक आरोहण गर्ने लक्ष्य लिएका छन् ।
कामिरिताको नेतृत्वमा १३ जना शेर्पा गाइडले सगरमाथा आरोहणका लागि बाटो निर्माण अन्तिम चरणमा पुगेको छ । कीर्तिमानी आरोही शेर्पाले बाटो निर्माणका क्रममा सगरमाथाको आरोहण गर्ने र त्यस पछि बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अलखलिफालाई आरोहण गराउन पुनः सगरमाथा आरोहण गर्ने लक्ष्य राखेको बताइएको छ।
विभागले बाटो बनाएर चुचुरो पुग्नेलाई पनि आरोहण प्रमाणपत्र दिने गरेको छ । यसै महिना दुई पटक आरोहण सफल भए उनी २६ औ पटक सगरमाथा आरोहण गर्ने संसारकै एक मात्र व्यक्ति स्थापित हुनेछन् ।