काठमाडौं । अन्नपूर्ण आरोहणका क्रममा हराएको भनिएका तीन रसियन नागरिक सम्पर्कमा आएका छन् । पर्यटन विभागका अनुसार ती पर्वतारोही हराएको नभई आधार शिविरमा ढिला आइपुगेका थिए ।
यसअघि सोमबार बिहान तीन रसियन नागरिक अन्नपूर्ण आरोहणका क्रममा हराएको खबर सार्वजनिक भएको थियो । अन्नपूर्ण हिमाल आरोहणका लागि यो वर्ष कुल ४ समूहका ४४ जनाले अनुमति लिएका थिए । यी सबै विदेशी नागरिक हुन् ।