अब हरेक देशका जनताले आफ्ना ‘हिरो’लाई सगरमाथा चढाउने छन्

अब हरेक देशका जनताले आफ्ना ‘हिरो’लाई सगरमाथा चढाउने छन्

काठमाडौं । अब हरेक देशका जनताले आफ्नो ‘हिरो’ छानेर सगरमाथा चढ्न पठाउने छन्, त्यो पनि एकैपटक । र, २०८ देशका हिरोलाई एकसाथ सगरमाथा चढाउने छ, नेपाली कम्पनी प्रिन्स प्रोडक्सनले ।

यो कुनै फिल्मको कहानी होइन । यो त स्वयं एक फिल्म हो, जसले विश्वका २०८ देशका ‘हिरो’लाई सगरमाथामा उतार्दै छ ।

‘सिनेमाका हिरो होइनन्, जनताका रियल हिरोहरूको यात्रा हो याे,’ ‘२०८ हिरोज् जर्नी टु एभरेस्ट’ परियोजनाका कन्सेप्ट डेभलपर शान्त शर्मा भन्छन्, ‘विश्वमै पहिलो चोटि हरेक देशका जनताले आफूलाई मन परेको हिरोलाई भोट गरेर सगरमाथा चढ्न पठाउने प्रोजेक्ट हामीले सुरु गरेका छौं ।’

खासमा ‘२०८ हिरोज् जर्नी टु एभरेस्ट’ एक सिनेमा हो । तर, यसमा अभिनय भने विशुद्ध कलाकारले नभई वास्तविक जीवनका ‘हिरो’हरूले गर्नेछन् । सिनेमामा विश्वभरिबाट ‘पब्लिक भोटिङ’मार्फत चुनिएका ‘रियल लाइफ हिरो’हरूको सगरमाथा यात्रालाई समेटिनेछ ।

पब्लिक भोटिङ अनलाइन हुने छ, जसका लागि भोटिङ वेबसाइट आजै लन्च भएको छ । नयाँ वर्षका अवसरमा आज पर्यटन सचिव यादव कोइरालाले वेबसाइट लन्च गरेका हुन् ।

वेबसाइट लन्च गर्दै सचिव कोइरालाले २०८ देशका ‘नम्बर वन पब्लिक फिगर’ एकैसाथ सगरमाथा आरोहण गर्न आउनु नेपालकै लागि गर्वको विषय भएको बताए । नेपाली पर्यटन क्षेत्रको विकास र प्रचारमा यसले महत्वपूर्ण योगदान दिने विश्वास उनले प्रकट गरे ।

‘२०८ हिरोज जर्नी टु एभरेस्ट’को कुल लागत ७५ करोडको आसपास रहने परिकल्पनाकार शर्माको अनुमान छ ।https://m.facebook.com/story.php?story_fbid=4193113984074820&id=100001287791763

प्रकाशित मिति:     २ बैशाख २०७८, बिहीबार  |    Himali Khabar