काठमाडौं, १७ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको यहि चैत २० गते हुने साधारणसभा एवम् निर्वाचन रोक्न निर्देशन गरेको छ ।
महासचिव जस्फा पाण्डेले आफुलाइ उम्मेदवार हुन नदिइएकोले साधारणसभा एवम् निर्वाचन स्थगित गरि पाँउ भने दिएको निवेदनका आधारमा कार्यालयले यस्तो निर्देशन दिएको हो ।
साथै कार्यालयले चैत १९ गते २ बजे निर्वाचन समितिको संयोजक सहितलाई छलफलका लागि उपस्थित हुन निर्देशन गरेको छ ।
भिटोफको निर्वाचनका लागि नेकपा एमाले माधब समुह, नेकपा माओबादी केन्द्र र जसपा निकट पर्यटन व्यावसायीहरुले हिजो आफ्नो नेतृत्वमा उमेद्धवारी दर्ता गराएका थिए ।