भिटोफ अध्यक्षमा राजकुमार थापाको नाममा सहमति !

भिटोफ अध्यक्षमा राजकुमार थापाको नाममा सहमति  !

काठमाडौं, १६ चैत । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालमा पूर्व महासचिव राजकुमार थापा सर्वसम्मत अध्यक्ष बन्ने भएका छन् । पर्यटनमा क्रियाशिल विभिन्न पार्टी सम्वद्ध व्यवसायीहरु लामो छलफलपछि उनलाई सर्वसम्मत अध्यक्ष बनाउँने निर्णयमा पुगेका हुन ।

हिजोसम्मको व्यवसायीहरुको छलफल सहमतिमा पुग्न नसकेपछि थापा र जस्फा पाण्डेलाई उम्मेदवार बनाउने चर्चा पर्यटन बजारमा थियो । पाण्डेलाई नेपाली काङ्ग्रेस र नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री अध्यक्ष केपि शर्मा ओली सम्बद्ध व्यवसायीले र थापालाइ नेकपा एमाले माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्र सम्बद्ध व्यवसायीहरुको समर्थमा मैदानमा उर्ताने निर्णयमा व्यवसायीहरु थिए । कांग्रेस र ओली निकट व्यवसायीहरुले हिजै पाण्डेको नेतृत्वमा प्यानल खडा गर्ने बताएका थिए ।

तर आजको छलफलपछि थापाकै नेतृत्वमा अघि बढ्ने सहमित भएको एक विश्स्त स्रोतले हिमाली खबरलाई जानकारी दिएको छ। भिटोफमा कार्यकाल दुई वर्षको हुने छ ।

यही २० गते हुने भिटोफको २४ औं बार्षिक साधारणसभा एवम् निर्वाचनलाई लक्ष्ति गरी विभिन्न पार्टी आवद्ध व्यवसायीक संगठनहरुले संयोजक समिति नै बनाएर नेतृत्व चयनका लागि छलफल अघि बढाएका थिए ।

प्रकाशित मिति:     १६ चैत्र २०७७, सोमबार  |    Himali Khabar