काठमाडौं, १५ चैत । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षका लागि जस्फा पाण्डे र राजकुमार थापाबीच प्रतिस्पर्धा हुने लगभग पक्कापक्की भएको छ ।
पाण्डेलाई नेपाली काङ्ग्रेस र नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री अध्यक्ष केपि शर्मा ओली सम्बद्ध व्यवसायीले साथ दिने भएका छ्न भने थापालाइ नेकपा एमाले माधवकुमार नेपाल र नेकपा माअाेवादी केन्द्र सम्बद्ध व्यवसायीले साथ दिने गरि समीकरण गरिएको बुझिएको छ ।
पाण्डे वर्तमान महासचिव हुन भने थापा पूर्व महासचिव हुन । अन्य पदमा पनि आझै निर्णय हुने बताएको छ ।
भिटोफको २४ औं बार्षिक साधारणसभा एवम् निर्वाचन यहि चैत्र २० मा हुँदैछ ।