तेस्रो अन्नपूर्ण म्याराथन २० जेठमा

काठमाडौं, १५ चैत । अन्नपूर्ण पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुने तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन २०२१ आउँदो २० जेठमा हुने भएको छ ।

जुन थर्ड (२० जेठ) अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजनामा म्याराथन हुने भएको हो । खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित म्याराथन आयोजना गरेको आयोजक समितिका अध्यक्ष ललित गुरुङले बताए । ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रूपमा मनाइँदै आइएको छ । सोही दिनको अवसर पारी खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा मार्गमा म्याराथन आयोजना गदै आइएको छ ।

प्रकाशित मिति:     १५ चैत्र २०७७, आईतवार  |    Himali Khabar