काठमाडौं, १२ चैत । गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) नेपालको यहि चैत २० गते हुने साधारणसभा एवम् निर्वाचनमा युवा व्यवसायी शिव पौडेलले महासचिवमा उम्मेदवारी दिनेभएका छ्न । नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संघ (निट) को सहयोगमा उनले उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाल लायन टुर एन्ड ट्रेकका संचालक उनी विगत १२ बर्षदेखी पर्यटन क्षेत्रमा कृयाशिल छ्न । अहिलेसम्म संघमा भएका बेथितिलाइ निराकरण गर्दै ग्रामीण पर्यटन विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने उनले बताएका छ्न । पौडेलले सहमति र सहकार्यबाटै अघि बढ्ने आफ्नो चाहाना भएको भन्दै यदि सहमति हुन नसके निर्वाचन जान पनि तया रहेको बताए ।