मंसिर २४ र २५ गते पोखरामा सातौं पर्वतीय महोत्सव

मंसिर २४ र २५ गते पोखरामा सातौं पर्वतीय महोत्सव

पोखरा । पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनि पर्वतीय महोत्सव मनाउन थालेको हो ।

दुई दिन हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको आयोजकले जनाएको छ । साथै, पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिए ।

महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । महोत्सवमा धनुषवाण (आर्चरी), छेलोलगायतलाई पनि समावेश गरिएको आयोजकले जनाएको छ । महोत्सवमा साइक्लिङ, सडक दौड, फिल्म प्रर्दशनी पनि हुने उनले जानकारी दिनुभयो ।

प्रकाशित मिति:     १४ मंसिर २०७९, बुधबार  |    Himali Khabar