हिमाल आरोहणका लागि ४५ जनाले अनुमति लिए

हिमाल आरोहणका लागि ४५ जनाले अनुमति लिए

काठमाडौं, ११ चैत । हिमाल आरोहणको सिजन नजिकिँदै गर्दा अनुमति लिनेको संख्या बढेको छ । पर्यटन विभागका अनुसार हालसम्म कुल ५ टोलीका ४५ जनाले यो सिजनमा हिमाल आरोहण अनुमति लिइसकेका छन् ।

९ मार्चमा पहिलो अनुमति जारी भएको थियो । उक्त अनुमति माउण्ट नुप्त्सेका लागि थियो । त्यसयता मनास्लुका लागि एक जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमालमा भने सबैभन्दा बढी तीन समूहका ४० जनाले अनुमति लिएका छ्न ।

यस्तै सगरमाथा आरोहणका लागि बहराइनबाट एक टोली आइसकेको छ ।

हालसम्म जारी अनुमति पत्रबाट सरकारले ८८ लाख २३ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

प्रकाशित मिति:     ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar