भिटोफ निर्वाचनका लागि निटद्वारा थपलियाको संयोजकत्वमा सम्वाद समिति गठन

भिटोफ निर्वाचनका लागि निटद्वारा थपलियाको संयोजकत्वमा सम्वाद समिति गठन

काठमाडौं, ९ चैत । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको नेतृत्व छनोटका लागि नेपाली काङ्ग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संघ (निट) ले केन्द्रिय सह-अध्यक्ष रामशरण थपलियाको संयोजकत्वमा ५ सदस्यीय वार्ता तथा सम्वाद समिति गठन गरेको छ ।

निटका केन्द्रिय अध्यक्ष दीपक महतको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले समिति गठन गरेको हो । समितिको सदस्यहरुमा बलराम न्यौपाने (दुर्गानाथ ), राजेन्द्र सुवेदी, रमेश लम्साल
र बिमल नहर्की रहेका छ्न ।

भिटोफ नेपालको २४ औँ बार्षिक साधारणसभा सहितको निर्वाचन यही चैत्र २० गते हुँदैछ । काङ्ग्रेस समर्थित व्यावसायिकका तर्फबाट अध्यक्षको आकांक्षीका रुपमा पूर्व सह-कोषाध्यक्ष कृष्णबहादुर सुबेदी(कृष) र वर्तमान महासचिव जस्फा पाण्डेले दावेदारी प्रस्तुत गरेका छ्न ।

प्रकाशित मिति:     ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar