काठमाडौं, ६ चैत । पर्यटकिय नगरी ठमेलको छायाँ सेन्टरमा अर्चिट टूर्स एण्ड ट्राभल्स सन्चालनमा ल्याइएको छ । छायाँ सेन्टरको भिएफएक्ससँगै रहेको अर्चिट टूर्स एण्ड ट्राभल्सको आज प्रतिनिधि सभा संासद एवम् नेकपा एमालेका नेता भुमि त्रिपाठीले उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा विभिन्न पर्यटकीय संघसंस्थाहरुका पदाधिकारीहरु, ठमेलका पर्यटन व्यवसायी तथा शुभेच्छुकहरुको उपस्थीत रहेको थियो ।
अर्चिट टूर्स एण्ड ट्राभल्सले बिगत अढाई दशकदेखी आन्तरीक एवम् बाह्य पर्यटन प्रवर्द्धनमा अग्रणी भुमिका खेल्दै आएको छ । कोरोनाले शिथिल पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन अवस्थामा कम्पनीलाई नयाँ ढंगले अगाडी बढाउने प्रवन्ध निर्देशक सिजनकुमार श्रेष्ठले बताए ।
२०५० सालदेखी सञ्चालनमा अर्चिटको कार्यालय यसअघि कमलपोखरीमा थियो । कम्पनीले स्पेशल प्याकेजका रुपमा जापान भिसाको काम गरिरहेको छ । योसंगै टर्की, ईन्डोनेसिया, मलेसिया, कम्बोडिया, सिंगापुर, थाईल्याण्ड लगायतका युरोप , अमेरिक लगायतको मुलुकका लागि समेत भिसा प्रोसेसिङ भईरहेको उनले जानकारी दिए ।