कर्तव्यमा चुक्दै प्राध्यापक संघहरु !

कर्तव्यमा चुक्दै प्राध्यापक संघहरु !

काठमाडौं । देश भित्र रहेका सबै प्राध्यापकहरुको साझा संस्था नेपाल प्राध्यापक संघ ६०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा यसले यहि श्रावण २६ देखि २९ सम्म आफ्नो हिरक महोत्सव मनायो । २०१९ साल असार १६ गते स्थापना भएको प्राध्यापक संघ ६० वर्षको भएको छ । यसै सन्दर्भमा साउन २६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख अतिथीको रुपमा ४ दिने कार्यक्रमको उद्घाटन गर्नु भयो । उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले विश्वविद्यालयहरुले पठनपाठनलाई समसामयिक, गुणस्तरीय र प्रविधिमैत्री बनाउदै अगाडी लैजानु पर्नेमा जोड दिनु भयो भने प्राध्यापकहरुले उच्च शिक्षालाई अनुसन्धान र रोजगारमुलक तथा देश र जनताको हितमा आफूलाई अझ समर्पित गर्दै लानु पर्ने भन्ने अपेक्षा गरेको कुरा व्यक्त गर्नुभयो ।

हालै स्थापनाको ६० वर्ष पुरा गरेको यो संघको कार्यसमितिलाई पञ्चायति कालमा पनि कठोर मानिने राजा महेन्द्रले समेत २०२३ साल असार २५ गते आयोजित प्रथम सम्मेलनमा उनी आफै उपस्थित भएर उद्घाटन गरेका थिए । कुनै समयमा यो प्राध्यापक संघको सल्लाह र सुझाव विना विश्वविद्यालयका पदाधिकारीहरू कुनै निणर्य गर्दैन थिए भने संघका पदाधिकारीले आफ्नो स्वार्थलाई पछाडि छाडेर समस्त प्राध्यापकहरुको हकहित र विश्वविद्यालयको उन्नतिलाई प्राथमिकता दिने गर्दथे । त्यसैगरी २०४६को प्रजातन्त्र स्थापनामा यसको भूमिका महत्वपूणर् रहेको थियो ।तर दुखद कुरा वर्तमान अवस्थामा भने प्राज्ञिक कार्यमा र विश्वविद्यालय सुधारमा चुक्नुका साथै यो कुनै पार्टीको नभई साझा रहेको तथा सबै भन्दा ठूलो प्राज्ञिक संस्था भएपनि पार्टीको चंगुलमा फस्दै गएकोे आभास हुन्छ । यसका पदाधीकारी र सदस्यहरुले प्राध्यापकहरुको हकहितमा भन्दा पनि व्यक्तिगत स्वार्थमा काम गर्ने र विधानमा तोकिएको कार्यसमितिको समय अवधी पनि पालना गर्न छाडेको अवस्था छ ।

त्यसो त नेपाल प्राध्यापक संघको मात्र होइन, अन्य वैचारिक संघ/संगठनहरूले पनि आफ्नो समय अवधीमा अधिवेशन नगर्ने र विश्वविद्यालयबाट राजिनामा दिएपनि वर्षो सम्म अधिवेशन नगरि अर्थात अन्यत्र नियुक्ति नपाउन्जेल लामो समय अध्यक्ष वा पदाधिकारी भएर रहन लाज नमान्ने गरेका कारणले समग्र प्राध्यापक संघ/संगठनको गरिमा घट्दै गएको छ । यो प्राध्यापकसंघमा पार्टीका वैचारिक संघ/संगठनहरुको बोलवाला रहेबाट पनि यसले आफुलाई स्वतन्त्र ढंगले आफ्ना गतीविधीहरु अगाडी बढाउन सकेको छैन् ।तसर्थ वैचारिकतीर हेर्ने हो भने प्रजातन्त्रवादी प्राध्यापक संघको अधिवेशन पनि नेत्रित्वले आफु अनुरुप नभए सम्म अधिवेशन नै नगर्ने र अप्रजातान्त्रिक चरित्र देखाउने गरेको छ र सो चरित्रको छाँया साझा प्रकृतिको नेपाल प्राध्यापक संघमा पनि पर्ने गरेको छ । त्यतीमात्र होइन पहिला एउटैमात्र प्राध्यापकहरूकोसस्था थियो नेपाल प्राध्यापक संघ । तर पछि हामीले दया गरेर लगातार पराजित प्रगतिशील पक्षलाई २०५८ सालदेखि पुनः यहाँ सहभागी गराएर प्रजातन्त्रवादी पक्षले प्रजातान्त्रिक व्यवहार गरेको भन्ने भ्रम छ ।

त्यसैगरी प्रगतीशिल प्राध्यापक संगठनले पनि सात वर्ष अधिवेशन नगरेको र बल्ल सात वर्षपछि गत चैत्रमा गरेको सम्मेलनमा देशभरीबाट आएका प्रतिनीधीहरुलाई मनोनयन सम्म गर्न नदिएर अन्यत्र कतै चारजना बसी तयार पारेर नाम ल्याएर पढेको, क्षमतावान र पुराना कमीटीमा खटेर धेरै काम गरेका र प्राज्ञिक ब्यक्तिहरु तथा नेत्रित्वको चाकडी नगर्ने प्राध्यापकहरुलाई छानी छानी पाखा लगाएको, देशका धेरै क्याम्पसहरु प्रतिधित्वबाट बञ्चीत भएको तर नेत्रित्वलाई मन पर्ने एकै क्याम्पसका ४,५ जना सम्म पनि समेटिएको, वर्तमान अध्यक्ष नेपालगञ्जमा प्राध्यापन गर्ने भएको र खासै प्राध्यापकहरुका विचमा चिरपरिचित नभएको र विज्ञप्तिमा हस्ताक्षर गर्न सम्म आउन नभ्याएर स्क्यानिङ हस्ताक्षरले काम चलाउने गरेको साथै महासचिव एमालेका प्राय नियुक्तिहरु र एमालेको मानवअधिकारवादीसंस्थाको महासचिव लगायत दजनौं ठाँउमा पदाधीकारी रहेको हुनाले संगठनले काम गर्ने आश चाँहि गर्न नसकिने स्वयं अधिवेशनमा उपस्थित प्रतिनिधीहरुले बताएका थिए । सबै भन्दा लाजमर्दौ कुरा त के भने उक्त संम्मेलनमा अघिल्लो कार्यकालमा केन्द्रीय पदाधीकारी एवं सदस्यहरुको असफल नेतिृत्व गरि सकेका र हाल विभिन्न विश्वविद्यालयको पदाधीकारी समेत रहेका व्यक्तिहरुले नेत्रित्व चयनमा हस्तक्षेप गरी आफ्ना श्रीमतिहरुलाई कमीटिमा राखेर वषौंदेखि काम गरेका र क्षमतावानलाई पाखा लगाउने काम भएकोबाट र यस्ता प्रकारको कृयाकलापको नेपाल प्राध्यासंघमा पनि प्रभाव पर्ने कारणले कुलपतिले भने जस्तो विश्वविद्यालयहरुलाई प्राज्ञिक थलो बनाउने, प्राध्यापकसंघलाई चलायमान बनाउने र भावी नेत्रित्वविकास सम्भव नहुने आम प्राध्यापकहरुको गुनासो रहेको छ ।

त्यसैगरी राष्ट्रिय प्राध्यापक संगठनको अधिवेशन पनि उसैको माउ पार्टीकै हालमा छ । समयमा अधिवेशन नगर्ने बल्ल बल्ल गरिहाले पनि भेला भनेर बोलाएर पदाधीकारी नै चयन गर्न नसक्ने । अनी नेपाल प्राध्यापक संघमा ठूलै भाग खोज्ने प्रवृत्तिले पनि ठूलै समस्या खडा गरेको छ । त्यतीमात्र होईन नेपाल प्राध्यापक संघको वर्तमान नेत्रित्व छनोट गर्दा पनि विभिन्न वैचारिक संघ/संगठनहरुले हस्तक्षेप गरी पुराना र अनुभवीलाई पाखा लगाई, प्राध्यापकसंघका केहि पदाधीकारीहरु कहिल्यै चुनाव नजितेका र एकाईमा समेत वसेर काम गरेको अनुभव नभएका र नेताहरुले खल्तीबाट झिकेर संघमा विराजमान गराएबाट पनि प्राध्यापकसंघले गतिलिन नसकेको कुरा घाम जस्तै छर्लङ्ग भइसकेको छ । साउन २६ गतेको राष्ट्रिय सभागृहमा प्रधानमन्त्रीले बोलिसकेर हलबाहिर लागीसकेपछि बाँकी कार्यक्रममा हलखाली हुनुबाट पनि यो कुराको पुष्टि हुन्छ । तसर्थ अव प्राध्यापकसंघको गठनमा संरचनात्मक ढंगले परिवर्तन नगर्ने हो भने यसले विश्वविद्यालय सुधार र प्राध्यापकहरुको हकहितमा काम गर्ने छैन तर यो पार्टीहरुको कार्यकर्ता भर्तीकेन्द्र भने अवश्य हुनेछ ।

प्रकाशित मिति:     ३० श्रावण २०७९, सोमबार  |    Himali Khabar