काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) को अध्यक्षमा व्यवसायी निलहरि बास्तोलाले उम्मेदवारी घोषणा गर्नुभएको छ । विगत लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल बास्तोलाले टानमा पनि विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ ।

को हुन बास्तोला
विश्वको सर्वोच्च शिखर सगरमाथालाई शिरमा बोक्ने जिल्ला, सोलुखुम्बुको काखमा रहेको नेचा सल्यानमा जन्मनु भएका निलहरी बास्तोला पर्यटनमा चीरपरिचित नाम हो । पदयात्रा पर्यटनमा विशेष दख्खल राख्ने बास्तोला एसियन हेरिटेज ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक हुनुहुन्छ । सन् १९९२ बाट पदयात्रा मजदुरका रुपमा आफ्नो पर्यटन क्षेत्रको यात्रा सुरु गर्नुभएका उहाँ गाईडका रुपमा देशका करिब सबै हिमाली र उच्च पहाडी क्षेत्रमा पर्यटकको लिडिर भई काम गरिसक्नु भएको छ । उहाँले सन्२००२ देखि आफ्नै टे«किङ कम्पनी संचालन गरी अथक मेहनत र निरन्तरको लगनशिलताबाट आज एक सफल पर्यटन व्यवसायीका रुपमा स्थापित हुनु भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातक सम्मको अध्ययन पुरा गरेका बास्तोला नेपालको पर्यटन प्रबद्र्धन गर्ने क्रममा विश्वका दुई दर्जन भन्दा बढी देशहरु भ्रमण गरिसक्नुभएको छ । हाल टे«किङ, ट्रान्सपोर्ट, ट्राभल, होटल, अपार्टमेन्ट, होमस्टे, हस्तकला र पस्मिना व्यवसायमा उहाँको लगानी रहेको छ । आफ्ना व्यवसाय मार्फत सयौंलाई रोजगारी दिंदै आउनु भएका बास्तोला सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहँदै आउँनु भएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा केन्द्रिय कार्यसमिति (२०१३—२०१५)मा सदस्य र (२०१७—२०१९) मा द्वितीय उपाध्यक्षको पदमा रही काम गरेको उहाँको अनुभव छ । उहाँले टानमा कार्यसमिति सदस्य रहँदा मिडिया तथा संचार कोअर्डिनेटरको रुपमा संघको ईतिहासमा नै पहिलो पटक सदस्यहरुका बीचमा दक्षता अभिबृद्धि एवं तालिम आवश्यकताका विषयमा औपचारिक रिसर्च गरी विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्न कार्यसमितिलाई गाईडलाईन उपलब्ध गराउनु भएको थियो । यसै गाइडलाइनको आधारमा संघले नियमिति गर्दै आएका तालिम बाहेक ट्राभल फोटोग्राफी, गाइडहरुका लागि आधारभूत पत्रकारिता तालिम, डिजिटल मार्केटिङ लगायतका तालिमहरु सञ्चालन गरेको थियो ।
सन् २०१४ मा हुदहुदको समयमा अघिल्लो मोर्चामा रही अन्नपूर्ण क्षेत्रमा फसेका पर्यटकहरुलाई उद्दार गर्न टानले आकस्मिक रेस्क्यू अपरेसन सञ्चालन गरेको थियो । त्यस अपरेसनका बेला बास्तोला संघको मिडिया तथा संचार कोअर्डिनेटनर रहनु भएको थियो । उहाँ यस भूमिकामा रहँदा, टानको उत्कृष्ट छवी विश्वमाझ उजागर भएको थियो । यस घटनाबाट टान नेपाली पर्यटन क्षेत्रको एउटा प्रभावकारी संस्थाको रुपमा चित्रित हुन सफल भएको थियो भने उहाँकै कार्यकालमा प्रभावकारी सूचना संप्रेषण गरेको कारण टानको आधिकारिक फेसबुक पेज समेत भेरिफाइड भएको थियो । टान भेरिफाइड फेसबुक पेज भएको नेपालकै पहिलो संस्था हो । उहाँकै नेतृत्वमा टानको वेभसाईटमा सदस्य कम्पनीहरुको शेयरहोल्डर सहितकोे बृहत डाटावेस राख्ने कामको थालनी गरिएको हो । बास्तोलाले टानमा प्रतिनिधित्व गर्दा आफू एक सक्षम व्यवसायी मात्र नभएर कुशल योजनाकार पनि भएको पुष्टी गरिसक्नु भएको छ ।
आगामी श्रावण ३०, २०७९ का दिन हुने टानको निर्वाचनमा आफूलाई अध्यक्षको सशक्त प्रत्यासीका रुपमा उभ्याई रहँदा, यस अघिको कार्यकालमा आफूले योजना गरेका तर पुरा गर्न बाँकी रहेका योजनाहरुको स्पष्ट खाका उहाँले बोक्नु भएको छ । उहाँसंग आगामी दुई बर्षको कार्यकालका लागि क्यालेन्डर सहितको योजनाहरु तयार छन् । संघमा सम्पूर्ण व्यवसायीहरुको अपनत्व बढाउने उहाँको लक्ष छ । सदस्य कम्पनीहरुको व्यवसायीक पक्षहरुलाई प्राथमिकतामा राखेर नयाँ पदयात्रा गन्तब्यहरुको खोजी, केन्द्रीय, प्रदेश र स्थानीय सरकारसंगको सहकार्यमा पदयात्रा पर्यटनको विकास र प्रबद्र्धन गर्ने उहाँको मूल एजेन्डा छन् ।