काठमाडौं । ठमेल पर्यटन विकास परिषद्(टीटीडीसी)काे आसन्न निर्वाचनमा सत्तारूढ दलको गठबन्धनका साझा उम्मेदवार भविश्वर शर्मा प्यानलको प्रचार- प्रसार समिति संयोजकमा व्यवसायी अर्जुनलाल प्रधान चयन भएका छन् । शनिबार बसेको सत्ता गठबन्धन निकट पर्यटन व्यवसायीको सर्वपक्षीय बैठकले प्रधानलाई प्रचार-प्रसार समिति संयोजकमा चयन गर्ने निर्णय गरेको हो ।
५१ सदस्यीय प्रचारप्रसार समितिले पूर्णता पाउन अझै बाँकी छ । आइतबार थप छलफलमार्फत समितिलाई पूर्णता दिइने छ ।
परिषद्को आगामी असार ३२ गते हुने निर्वाचनका लागि प्रचारप्रसारमा कुनै कसर बाँकी नराख्ने पनि व्यवसायी प्रधानले बताए ।
अध्यक्षका उम्मेदवार शर्माको प्यानलबाट उपाध्यक्षमा सहदेव धमाला, महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा सोजेशमान मालाकार उम्मेदवार छन् । असार २९ गते मात्रै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।