सामाजिक अभियन्ता शान्त शर्माद्वारा समाजसेवाको नयाँ अभियानको थालनी

सामाजिक अभियन्ता शान्त शर्माद्वारा  समाजसेवाको नयाँ अभियानको थालनी

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् सामाजिक अभियन्ता शान्त शर्माले एउटा नयाँ अभियानको सुरुवात गरेका छन् । `बिरामी भेट्न जादा थोरै भएनी पैसा लगेर बिरामी भेटौ´ अभियानको सुरुवात गरेका हुन ।

उनले हिजो ग्रीनसिटी हस्पिटलमा उपचार गराइरहेका क्यान्सर पिडित विरामीलाई एक हजार सहयोग दिएर यो अभियान सुरु गरेको जानकारी दिए ।

यो अभियान आजदेखि देशव्यापीरुपमै सुरु भैसकेको छ । अस्पतालमा उपचाररत बिरामीलाई भेट्न जादा हामी कहाँ आफन्त, प्रीयजनले फलफुल वा अन्य खानेकुरा लिएर जाने चलन छ, त्यसको सट्टा खाममा राखेर सक्दो नगद सहयोग गरौ यस्ले उसको उपचारमा ठुलाे सघाउ पुग्छ´शर्माले हिमाली खबरसंग भने,एउटा विरामीले कति फलफुल खान सक्छ त्यो भन्दा नगद नै सहयोग गर्यो भने दिनदुखिका लागि ठुलाे राहत मिल्नेछ ।´

यो अभियान आजदेखि नै देशव्यापी बनेको भन्दै उनले आगामी दिनमा यसलाई थप प्रभाकारीरुपमा अघि बढाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गरे । यो अभियानमा तिलक बस्नेत, लोकबहादुर टण्डन र सुमि लिम्बु समेत रहेका छन् ।

प्रकाशित मिति:     १३ असार २०७९, सोमबार  |    Himali Khabar