असार ११ गते देखि प्याब्सन काठमाडौ महानगरले बिद्यालयहरुलाई तालिम दिने

असार ११ गते देखि प्याब्सन काठमाडौ महानगरले बिद्यालयहरुलाई  तालिम दिने

काठमाडौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौ महानगर कमिटीले महानगर भित्रका बिद्यालयहरुलाई तालिम दिने भएको छ ।

असार ११ गते देखि प्याब्सन काठमाडौ महानगरले आफनो सदस्य विद्यालहरुलाई अहिलेको नयाँ पाठ्यक्रमलाई अनुसार अध्यापन गराउने उदेश्यले तालिम सञ्चालन गर्न लागेको हो ।

Orientation on Modified School Curriculum and Authentic Assessment System बिषयमा महानगर भित्रका बिद्यायलहरुलाई तालिम दिन लागिएको अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

शनिबार २ बजे काठमाडौ नयाँ बानेश्वर स्थित काठमाडौ बैङकेटमा हुने तालिमको सहजकर्ता डा.बासुदेव सुवेदीले गर्नुहुने प्याब्सन महानगर कमिटीका सह कोषाध्यक्ष तथा प्रचार बिभाग प्रमुख निर्मल पौडेलले बताउनुभयो ।

प्रकाशित मिति:     ७ असार २०७९, मंगलवार  |    Himali Khabar