टिटिडिसिको साधारणसभा आगामी असार ३२ मा तोकियो

टिटिडिसिको साधारणसभा आगामी असार ३२ मा तोकियो

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टिटिडिसि) को साधारणसभा एवम् निर्वाचन आगामी असार ३२ गते हुने भएको छ । कोरोनालाई कारण देखाउदै लामो समयदेखि परिषदकाे साधारणसभा हुन सकेको थिएन ।

२०७६ जेठमा भएको साधारणसभाबाट प्रकाशनरसिंह राणाकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । त्यसयता परिषदकाे साधारणसभा गरिएको छैन ।

अब हुने साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्ने छ । नयाँ नेतृत्वको कार्यकाल २ बर्ष हुने व्यवस्था भएपनि यो पटक निकै ढिला हुँदै छ ।

प्रकाशित मिति:     २४ जेष्ठ २०७९, मंगलवार  |    Himali Khabar