शंकास्पद अवस्थाका २२ चिनियाँविरुद्ध अनुसन्धान जारी

शंकास्पद अवस्थाका २२ चिनियाँविरुद्ध अनुसन्धान जारी

काठमाडौं । अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकबारे अनुसन्धान थालेको छ।

व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुविरुद्ध अनुसन्धान थालिएको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए।

अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको उनले बताए। उनका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरुलाई आवश्यक पर्दा उपस्थित हुने गरी छाडिएको र अनुसन्धान भने जारी छ।

भिसा सकिएकाको हकमा डिपोर्टको प्रक्रिया थालिएको र अन्यले व्यापार गरे/नगरेको विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ।

प्रकाशित मिति:     १४ बैशाख २०७९, बुधबार  |    Himali Khabar