भैरहवा । नेपाल नागरिक उड्डययन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ ।
प्राधिकरणले पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको हो ।
प्राधिकरणका महानिर्देशक ईञ्जिनियर प्रदीप अधिकारीले वैशाख ८ गतेदेखि नयाँ धावनमार्ग सञ्चालनमा आउने भए पनि अन्तर्राष्ट्रिय उडान भने जेठ २ गते बुद्धजयन्तीका दिनबाट शुरु हुने बताउनुभयो । महानिर्देशक अधिकारीले पोखरा विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेको जानकारी दिनुभयो ।