टेलिकमको एमडी छान्न ५ अर्ब डिलको चर्चा, गोकुलका मान्छे बनाउन ज्ञानेन्द्रको मनोमानी !

टेलिकमको एमडी छान्न ५ अर्ब डिलको चर्चा, गोकुलका मान्छे बनाउन ज्ञानेन्द्रको मनोमानी !

काठमाडौं । मुलुककै अग्रणी सञ्चार प्रदायक संस्थाको रुपमा स्थापित नेपाल टेलिकमलाई सिध्याउने खेल उत्कर्षमा पुगेको छ । नीजि कम्पनीहरुको ग्राण्ड डिजाइनमा टेलिकममा स्वार्थ समूहको ‘डमी’लाई प्रबन्ध निर्देशक बनाउने र केही वर्षमा कौडीको भाउमा पुर्याउने खेल भएको हो । यसखेलमा दूरसञ्चार क्षेत्रका स्वार्थ समूह र ‘पोल्टिकल पावर ब्रोकर’ ले अर्थदेखि अनर्थसम्मको लगानी गरेका छन् ।

गत पुस २२ मा तत्कालीन एमडी डिल्लीराम अधिकारीको तीन वर्षे कार्यकाल सकिएपछि नेपाल टेलिकम नेतृत्वविहीन छ । नयाँ एमडी छनोटका लागि मापदण्ड फेर्नेदेखि विवादास्पद छवि भएका व्यक्तिलाई अनुकुल शर्तहरु कार्यान्वयन गराउने काम भएको छ । पाँच दलीय गठबन्धन सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । सञ्चारमन्त्री नेपाली कांग्रेसकै नेता ज्ञानेन्द्रबहादुर कार्की छन् तर एमालेनिकट व्यक्तिलाई एमडी बनाउन बालुवाटारमा राम्रै अफर पुगेको चर्चा छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नै सक्रिय

नेपाल टेलिकमको एमडी नियुक्तिका सन्दर्भमा सञ्चारमन्त्री ज्ञानेन्दबहादुर कार्की नै सबैभन्दा जिम्मेवार हुन् । यद्यपि २०७२ सालमा बनेको निर्देशिका नै उनले परिवर्तन गरेका छन् । अयोग्य व्यक्तिलाई योग्य देखाएर एमडी नियुक्त गरी मनग्गे लाभ लिन नै सञ्चार मन्त्रालयले मापदण्ड फेरेको हो । फेरिएको मापदण्डमा उमेर २ वर्ष घटाइएको छ भने दूरसञ्चार क्षेत्रमा काम गरेको अनुभव ३ वर्ष घटाइएको छ । ५८ वर्षको उमेर हद घटाएर ५६ बनाइएको छ भने १५ वर्ष काम गरेको अनुभव चाहिनेमा १२ वर्ष बनाइएको छ । एमडीको कार्यकाल भने ३ वर्ष हुने गरेकोमा अबदेखि बढाएर ४ वर्ष हुने व्यवस्था गरिएको छ । अर्कोतिर सूचना प्रविधि वा कम्युटर इञ्जिनियरिङभन्दा फरक विषय बढेको व्यक्ति पनि एमडी हुनसक्ने नयाँ प्रावधान राखिएको छ । मापदण्डमा गरिएको हेरफेर निश्चित व्यक्तिलाई योग्य बनाउन गरिएको सुरु नजरमै पुष्टी हुन्छ । यसको सबै चाँजोपाँजो सञ्चारमन्त्री कार्की आफैले मिलाएको स्रोतको दावी छ । स्रोतका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करार निर्देशक रहेका सुनील पौडेललाई एमडी बनाउनकै लागि सञ्चारमन्त्री कार्कीले मापदण्ड परिवर्तन गराएका हुन् । एमडीको रेसमा रहेका सुनील पौडेल पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा निकट मानिन्छन् । बाँस्कोटाले नै सुनीललाई राष्ट्रिय सूचना प्रविधि केन्द्रमा करार निर्देशक बनाएका थिए । सुनीलका दाई विकल पौडेल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक थिए । बहुचर्चित ७० करोडको सेक्युरिटी प्रिण्टिङ प्रेस काण्डमा विकल जोडिएका थिए ।

सञ्चार क्षेत्रका ठूला ठेक्का पट्टामा सक्रिय र विवादित ओम्नी समूहसँग निकट सुनील पौडेललाई नै टेलिकमको एमडी बनाउन बालुवाटारसमेत तयार देखिन्छ । यसका लागि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाका सालो भूषण राणामार्फत आवश्यक ‘बन्दोबस्त’ मिलाएको बताइन्छ ।

५ अर्बको चलखेल

नेपाल टेलिकमको एमडी नियुक्ति प्रकरणमा कम्तीमा ५ अर्बको चलखेल रहेको जानकारहरु बताउँछन् । ग्रामीण दूरसञ्चार विकास कोषको १२ अर्बको बजेटबाट सबै प्रदेशमा डाटा सेण्टर बनाउने ठेक्का नै पूर्वनिर्धारण गरेर एमडी नियुक्त गर्न खोजिएको स्रोतको दावी छ । प्राप्त सूचना अनुसार अब बन्ने एमडीले ग्रामीण दूरसञ्चार विकास कोषको १२ अर्ब सबै प्रदेशमा डाटा सेण्टर बनाउन प्रत्यायोजन गर्ने र त्यसबाट ५ अर्ब बचाएर ‘शक्तिकेन्द्र’ लाई रिझाउने स्वार्थ समूहको तयारी रहेको छ । कांग्रेस नेतृत्वको सरकार र कांग्रेसकै सञ्चारमन्त्री भएपनि आर्थिक प्रलोभनका कारण तत्कालीन प्रधनमन्त्री केपी शर्मा ओलीनिकट रहेका विवादित व्यक्तिलाई मापदण्ड नै सच्याएर एमडी नियुक्त गर्न खोजिएको छ । टेलिकमभित्रै एमडीका लागि योग्यता पूगेका करिअर होल्डरहरुलाई पन्छाएर भएपनि ५ अर्बको सेटिङमा टेलिकमभन्दा बाहिरका विवादित व्यक्तिलाई दिने अन्तिम चरणमा सञ्चार मन्त्रालय पुगेको छ । यसबारे जानकार गठबन्धनकै कतिपय नेताहरु आसन्न निर्वाचनमा ‘स्रोत परिचालन’ को प्रबन्ध हुने भएपछि मौन देखिएका छन् । सरकारको यो कदमको विरोध गर्दै कर्मचारी युनियनले जारी गरेको विज्ञप्ति यहाँ तल प्रस्तुत

प्रकाशित मिति:     २२ चैत्र २०७८, मंगलवार  |    Himali Khabar