हिमाल आरोहणका लागि २५२ जनाले लिए अनुमति

हिमाल आरोहणका लागि २५२ जनाले लिए अनुमति

काठमाडौं । विभिन्न हिमाल आरोहणका लागि २५२ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार ३१ वटा समूहका १८७ पुरुष र ६५ जना महिलाले हिमाल आरोहणको अनुमति लिएका हुन ।

विभागले हिमाल आरोहणको अनुमति दिए वापत हालसम्म १३ करोड ६७ लाख ८३ हजार १४० रुपैयाँ राजस्व संकलन गरिसकेको छ । विभागका अनुसार ८५ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् ।

प्रकाशित मिति:     २१ चैत्र २०७८, सोमबार  |    Himali Khabar