काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा रमेश थापा बिजयी भएका छन्। आज सार्वजनिक गरिएको मतपरिणाम अनुसार उनले प्रतिद्वन्दी बिनय बस्नेतलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन ।
यस्तै वरिष्ठ उपाध्यक्षमा थापा समुहकै प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा विजयी भएका छन्।
सहकोषाध्यक्षमा भने वस्नेत समुहका गीता ढकाल विजयी भएकी छन्। कार्यसमिति सदस्यमा पनि वस्नेत समुहका एकजना बाहेक बाकी थापा समुहकै विजयी भएका छन्।
थापालाई सत्ता गठनबन्धनमा आवद्ध व्यवसायीको साथ थियो ।