नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आइतबार बृहत अन्तक्रिया गर्दै

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आइतबार बृहत अन्तक्रिया गर्दै

काठमाडौ । नेपाली जनसम्पर्क समितिले राष्ट्रिय राजनीतिमा आगामी यात्रा बिषय बृहत अन्तक्रिया कार्यक्रम गर्दैछ ।

शिखर पुरुष स्वार्गिय गिरिजा प्रसाद कोइरालाको १३ औ स्मृति दिवसको अवसरमा समितीले आइतबार अन्तक्रिया गर्न लागेको समितिका सभापति भजिन्द्र क्षेत्रीले जानकारी दिनुभयो । अन्तक्रिया कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा,विशेष अतिथि सहमहामन्त्री बन्द्री पाण्डे र राजनीतिक विष्लेशक पुरञ्जन आचार्यले सहभागि हुनु हुनेछ ।

छलफल कार्यक्रम आइतबार कोरियाको समय अनुसार सवा १२ बजे र नेपाली समय अनुसार ९ बजे सुरु हुने सभापति क्षेत्रीले जानकारी दिनुभयो । समितिले कोरिया र नेपालमा रहनुभएका सबैले कार्यक्रयममा जुम मार्फत सहभागिता जनाउन सक्ने जनाएको छ ।

प्रकाशित मिति:     ५ चैत्र २०७८, शनिबार  |    Himali Khabar