वैदेशिक रोजगारमा जानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै लाइन बस्नु नपर्ने

वैदेशिक रोजगारमा जानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै लाइन बस्नु नपर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ। श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन्।

मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरु बुधवार विमानस्थल पुगेर श्रम डेस्क हटाएका हुन्। अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ।

वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दुख दिएको गुनासो आएको थियो। विमानस्थलमा श्रमिकहरूको समस्यालाई समाधान गर्दै जाने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाएका थिए।

प्रकाशित मिति:     २५ फाल्गुन २०७८, बुधबार  |    Himali Khabar