काठमाडौं। काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले माघ ७ गते मध्यरातदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेको छ। जसमा पहिलाका केही आदेशहरु संशोधन समेत गरिएको छ।
यसअघिको आदेशमा विवाह, व्रतबन्ध, न्वारन, पास्न जस्ता धार्मिक, सांस्कृतिक कार्यमा पचास जनाको उपस्थितिमा गर्न सकिने उल्लेख थियो।
यसरी कार्यक्रम गर्दा प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति लिएर बढीमा ५० जनालाई सहभागी गराउनुपर्ने उल्लेख थियो। तर हिजोको आदेशमा भने यस्ता कार्यक्रममा सहभागी हुन पाउनेको संख्या ५० बाट २० पुर्याइएको छ।