६–८ सातामा युरोपका आधा मानिस ओमिक्रोनबाट संक्रमित हुने डब्लूएचओको चेतावनी

६–८ सातामा युरोपका आधा मानिस ओमिक्रोनबाट संक्रमित हुने डब्लूएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी ६ देखि ८ सातामा युरोपका आधा मानिस कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुने चेतावनी दिएको छ ।

सन् २०२२ को पहिलो साता युरोपका सात मिलियन मानिस कोभिड–१९ बाट संक्रमित भएको तथ्यांक केलाउँदै डब्लूएचओले यस्तो प्रक्षेपण गरेको हो ।

विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक हान्स क्लुगेले पश्चिमदेखि पूर्वतर्फ लहर फैलिएको उल्लेख गरेका छन् । उनले सियटलस्थित हेल्थ मेट्रिक्स एण्ड एभालुएसनको पूर्वानुमान उद्धृत गर्दै अबको ६ देखि ८ सातामा युरोपका ५० प्रतिशत मानिस ओमिक्रोनबाट संक्रमित हुन सक्ने बताए ।

ओमिक्रोनको संक्रमण उच्च रहेकाले सतर्क र सचेत हुन उनले आग्रह गरे ।

प्रकाशित मिति:     २८ पुष २०७८, बुधबार  |    Himali Khabar