दक्षिण कोरियामा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखियो

दक्षिण कोरियामा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखियो

सउल । दक्षिण कोरियामा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।

कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो ।

प्रकाशित मिति:     १५ मंसिर २०७८, बुधबार  |    Himali Khabar