मेस्सीले जिते सातौँ बालोन डोर

मेस्सीले जिते सातौँ बालोन डोर

काठमाडौं । पीएसजीका स्ट्राइकर लियोनल मेस्सीले सातौ बालोन डोर अवार्ड जितेका छन् । उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र चेल्सीका जोर्गिन्होलाई पछि पार्दै सन् २०२१ को बालोन डोर अवार्ड जितेका हुन् ।

मेस्सीले यसवर्ष पहिलोपटक अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि जिताएका थिए । यसै वर्ष बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सी सातौ बालोन डोर अवार्ड जित्न सफल भएका हुन् । इटालीका जोर्गिन्होले देशका लागि युरोकप जित्दा चेल्सीलाई च्याम्पियन्स लिग जिताउन मुख्य भूमिका खेलेका थिए ।

प्रकाशित मिति:     १४ मंसिर २०७८, मंगलवार  |    Himali Khabar