कोरोनाको नयाँ भेरियन्ट बढेपछि न्युयोर्कमा संकटकाल घोषणा

कोरोनाको नयाँ भेरियन्ट बढेपछि न्युयोर्कमा संकटकाल घोषणा

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरस महामारी बढ्दै गएको र नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेका छन् ।

अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले जानकारी दिए । संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता वृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:     १२ मंसिर २०७८, आईतवार  |    Himali Khabar