परराष्ट्रको हस्तक्षेपविरुद्ध एनआरएनए सर्वोच्च जाने

परराष्ट्रको हस्तक्षेपविरुद्ध एनआरएनए सर्वोच्च जाने

काठमाडौं । वर्तमान कार्यसमितिलाई काम गर्न नदिने र निर्वाचनको जिम्मा संरक्षक समितिलाई सुम्पिने परराष्ट्र मन्त्रालयको कदमविरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कानूनी उपचार खोज्ने भएको छ ।

अध्यक्ष कुमार पन्तले परराष्ट्रको निर्णयलाई सच्याउन आफूहरुले सर्वोच्च अदालत जान लागेको बताए ।

परराष्ट्रको निर्णयलाई सशक्त प्रतिवाद गर्ने बताउँदै अध्यक्ष पन्तले एनआरएनएमाथि सरकारले नांगो हस्तक्षेप गरेको आरोप लगाए ।

प्रकाशित मिति:     ७ मंसिर २०७८, मंगलवार  |    Himali Khabar